प्रदेश नं १ को अस्थायी मुकामका लागि छनोटमा परेका भवन

३ माघ ७४, बिहीबार

विराटनगर, माघ ४
प्रदेश नं १ को अस्थायी मुकाम छनोटमा परेको विराटनगरमै प्रदेशका कार्य सञ्चालन हुने सम्भावना बढेको छ । शहरी तथा भवन निर्माण कार्यालयलगायतका टोलीले प्रदेशको अस्थायी मुकामका लागि विराटनगर, इटहरी, धरान र धनकुटाको भौतिक पूर्वाधारको अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा गत मंसिर २६ गते विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले क्षेत्रीय प्रमुखको कार्यालय÷निवासका लागि क्षेत्रीय कृषि निर्देशनालयको भवन छनोट गरेको हो ।

क्षेत्रीय पशुसेवा निर्देशनालयको भवनमा मुख्यमन्त्रीको कार्यालय÷निवास राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम बस्नेतले जानकारी दिए ।

Advertisement

त्यस्तै जिल्ला समन्वय समितिको भवनमा प्रदेशसभाको सचिवालय, वीरेन्द्र सभागृहमा प्रदेश सभाको भवन र क्षेत्रीय सिँचाइ कार्यालयमा मुख्य सचिवको कार्यालय स्थापना गरिनेछ ।

प्रदेश नं १ को मन्त्रालय सञ्चालनका लागि आठवटा कार्यालयको भवन छनोटमा परेको छ । सोअन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, क्षेत्रीय प्रविधि तथा गुण नियन्त्रणको प्रशासकीय भवन, सुनसरी मोरङ सिँचाइ आयोजनाको भवन, क्षेत्रीय वन तथा तालीम केन्द्रको भवन, जल उत्पन्न कार्यालयको भवन, जिल्ला जनस्वास्थ्य कार्यालयको भवन, शहरी विकास आयोजनाको अतिथिगृह र क्षेत्रीय हुलाक कार्यालयको भवन छनोट गरिएको हो ।

Advertisement

यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले प्रदेशका कार्यालय सभाभवन, निवास र मन्त्रालयलगायतका कार्यालयका लागि छनोट भएका स्थानको सम्बन्धमा उचित विकल्प प्राप्त भएको अवस्थामा परिवर्तन पनि हुनसक्ने र यस विषयमा राजनीतिक दलसँग पनि परामर्श लिने जानकारी दिए । छनोटमा परेका भवनमा अविलम्ब मर्मत सम्भार गरिने उनले बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top