×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

‘बृहत विराट क्षेत्र विकास’ विधेयकमाथिको छलफल सुरु

८ बैशाख २०७६

विराटनगर, बैशाख ८
प्रदेश नं १ सरकारले ल्याएको बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल सुरु भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आइतबार बसेको प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत गरेका थिए ।

प्रस्तुत विधेयकलाई सभा बैठकले सर्बसम्बत पारित गरेपछि विधेयक माथिको छलफल सुरु भएको हो । प्रदेश सभाको बैठकमा छलफलमा भाग लिदै सत्तापक्षका सदस्यहरुले विधेयक कुन प्रयोजनका लागि ल्याइएको भनेर उद्देश्य किटान नहुदा विधेयक अपुरो भएको बताएका छन् ।

Advertisement
Advertisement

उनीहरुले विधेयकले बृहत विराट क्षेत्र विकासका लागि कस्तो मोडल तयार गर्ने,त्यस क्षेत्रको बिकासका लागि सिमा क्षेत्रको निर्धारण लगायतका कुरा प्रष्ट निर्धारण नहुदा सरकारले हतारोमा विधेयक ल्यएको टिप्पणी समेत गरेका छन् ।

सत्तापक्षका सांसद उपेन्द्र घिमिरेले सरकारले ल्याएको बृहत विराट क्षेत्र विकासको विधेयक कानुन बनाउदा के उद्देश्यका लागि कानुन बन्दैछ त्यो कुरा विधेयकमा प्रष्ट हुनुपर्ने बताए ।

उनले विधेयकमा यसको समितिमा रहने पदाधिकारी कार्वाही कसुर र ऐन सजायको व्यवस्था समेत नगरिएकाले यो विधेयक आर्थिक व्ययभार थोपार्ने उद्देश्यमा मात्र प्रेरित गरेको देखिएको बताए ।

सत्तापक्षका प्रदेश सभा सदस्य एकराज कार्कीले सरकारले ल्याएका बृहत विराट क्षेत्र विकासको अवधारणा राजधानी समेट्ने उद्देश्यका साथ आएको हो या विकास गर्ने सोचका साथ आएको भन्ने अस्पष्टताको कारण समस्या देखिएको बताए ।

उनले बृहत विराट क्षेत्र विकासको नाममा राजधानी र केन्द्रलाई बिकेन्द्रित गर्ने मनसायले ल्याएको भए यो जनतालाई दुख दिने काम मात्र हुने बताए ।

प्रदेश सभासदस्य एवम् प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले ल्याएको बृहत विराट क्षेत्र विकासकोे प्रस्तावको मोडालिटीे स्पष्ट नहुदा विकासको नाम जोडेर केही मानिसलाई जागिर खुवाउने उद्देश्यमा आएको देखिएको बताए ।

सरकारले ल्याएको सो विधेयकमा सभा सदस्यहरुले बोल्ने क्रम जारी छ । प्रदेश सरकार गठन भएको १४ महिनाको अवधिसमेत नाम र स्थायी राजधानी तोक्न नसकेको प्रदेश सरकारले सुनसरीको इटहरीलाई भौगोलिक हिसाबमा केन्द्र भागमा राखेको छ ।

Advertisement

प्रदेश सरकारकाले जारी अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउने तयारी गरिरहेको छ । नाम र राजधानी तोक्ने तयारी भइरहेका बेला विराट क्षेत्रको विधेयकलाई राजधानीको मुद्दासँग जोडेर हेर्न गरिएको छ । राजधानीका लागि धनकुटा, धरान, इटहरी र अस्थायी राजधानी विराटनगरले दाबी गरिरहेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top