बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा

७ बैशाख ७६, आइतबार

विराटनगर, बैशाख ८
विराटनगर–१२ मा नवनिर्मित श्री लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा र लोकार्पण गरिएको छ । मन्दिर परिसरमा आइतबार आयोजित कार्यक्रमकाबीच मन्दिरको लोकार्पण गर्नुका साथै मन्दिरमा भगवती लक्ष्मी र विष्णुको मूर्ति स्थापना गरेर प्राणप्रतिष्ठा गरिएको छ ।

बखरी, लक्ष्मीनारायण टोलमा निर्माण गरिएको मन्दिरको सो वडाका वडाध्यक्ष हिरालाल कामतले उद्घाटन गरे । ९ वर्ष लगाएर निर्माण सम्पन्न गरिएको मन्दिरमा ६१ लाख लागत खर्च भएको निर्माण समितिका प्रेमनारायण झाले जानकारी दिए ।

मन्दिर निर्माणका लागि स्थानीय रामनरेश रौनियारले डेढ कठ्ठा जग्गा उपलब्ध गराउनुका साथै मन्दिरसमेत निर्माण गरिदिएका छन् । मन्दिर परिसरको घेराबेरा र थप संरचनाहरु निर्माण गर्नुपर्ने बाँकी रहेकाले आगामी आर्थिक वर्षमा वडा समितिको तर्फबाट ३ लाख बजेट विनियोजन गरिने विराटनगर–१२ का वडाध्यक्ष कामतले बताए । मन्दिर निर्माणबाट बाँकी रहेको जग्गामा सामुदायिक भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top