पुस्पलाल पार्कमा एकै स्थान ७ वटा ट्रान्सफर्मर

११ बैशाख ७६, बिहीबार

बुटवल, वैशाख ११
कुनै समय रमणीय पार्कको रुपमा रहेको बुटवलको पुष्पलाल पार्क अहिले कुरुप बन्दै गएको छ । सडक विस्तारको क्रममा भत्काएको संरचनाहरु पुन निर्माण नहुँदा कुरुप बन्न पुगेको हो । पुष्पलाल पार्कको पहिचान अहिले ‘ट्रान्सर्फमर पार्क’ मा परिणता भएको छ । बुटवलमा पहिलो पटक आउने सबै यो विद्युतीय सव स्टेशन हो कि भनेर झुक्किने गर्छन् ।

यस पार्कमा करिव एकदेखि ५ मिटरको दुईमा उच्च भोल्टमा ७ वटा विद्युतीय ट्रान्फरमरहरु रहेका छन् । एकै स्थानमा ७र७ वटासम्म विद्युत टान्सफरमर हुनु आफैमा जोखिमपूर्ण हुने प्राविधिक बताउँछन् ।

मानिसहरुको बाक्लो उपस्थिति र व्यस्त स्थानको रुपमा रहेको पुष्पलाल पार्कमा निजी र विद्युत प्राधिकरणका गरी ७ वटा ट्रान्सफर्मर रहेका छन् । टान्सफर्मर राख्ने स्थान अभावमा अधिकांस निजी प्रतिष्ठानहरुको पुष्पलाल पार्कलाई उपयोग गरेका छन् ।

Advertisement

कुनै प्रकारको विद्युतीय दुर्घटना भएर एकै स्थानमा रहेका ७ वटा टान्सफर्मर पड्किएमा यसको क्षती मिसाईलले गर्नेभन्दा खतरनाक हुने प्राविधिकको भनाई छ । ईलेक्टोनिक्स ईन्जिनियर बासु भुषालका अनुसार घना बस्ती, वासस्थान भएको ठाउँमा यसरी टान्सफर्मर राख्नु आफैमा जोखिम हो ।

उनका अनुसार हाई भोल्टमा आएको विद्युतलाई कम भोल्टमा रुपान्तरण गर्ने काम टान्र्सफर्मरको हुन्छ । कहिलेकाहीँ विद्युतको बहाव उच्च भएमा टान्सर्फमको फ्युज आउट हुने गर्दछ । यदि कुनै कारणले फूयुज आउट हुन नसकेमा टान्सफर्मर पड्किने संभावना हुन्छ । विद्युत प्राधिकरण कञ्चनपुरले जडान गरेका ट्रान्सफर्मरसँगै जमिनको सतहनजिकै जडान भएको फ्यूज वक्स नाङ्गो अबस्थामा छ । यसले वरिपरी रहेका झारपातका कारण करेन्ट लाग्न सक्ने जोखिम बढेको हो ।

Advertisement

घर छेउछाउ, सडकसँग जोडाएर राखिएका ट्रान्सफर्मर र नाङ्गो फ्यूज वक्सले मानिस र चौपायालाई करेन्ट लाग्न सक्ने खतरा बढ्दै गएको स्थानीय बताउँछन् ।
ट्रान्समिटरको इनपुट र आउट पुट करेन्ट प्रवाह गर्न नाङ्गै राखिएकोे ट्रान्समिटरको फ्यूज वक्सले जोखिम बढाएको छ । खतरायुक्त जोखिमबाट पूर्वसावधानी नअपनाए अप्रिय घटना घटन सक्ने देखिएको छ ।

नेपाल विद्युत प्राधिकरण बुटवल शाखाका प्रमुख सञ्जयकुमार मिश्रले यस विषयमा तत्काल केही नसोचिएको बताउँछन् । उनले विगतका दिनमा प्राविधिक सल्लाह अनुसार नै राखिएको बताउँदै यसबारेमा अब सोच्ने बताए ।

खतराको चिन्ह छैन
टान्सर्फमर राखिएको स्थानमा खतराको चिन्ह राख्नु आवश्यक छ । स्पष्ट रुपमा उक्त चिन्ह राखी करिव एक मिटर वरपरको स्थानमा जान रोक लगाउनुपर्छ । तर पुष्पलाल पार्कमा एकै स्थानमा दुई÷दुई वटा टान्सफर्मर राखिएका छन् । त्यहाँ खतराको चिन्ह कतै राखिएको छैन ।

विद्युत सट भएर दुर्घटनासमेत हुने भएकाले सचेत हुन आवस्यक छ । ट्रान्सफर्मरमा नाङ्गो तारसमेत हुने भएकाले बालबालिकालाई जोखिमबाट बचाउन विशेष ध्यान दिनुपर्ने ईलेक्टोनिक्स ईन्जिनियरको भुषालको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top