काठमाडौं, माघ ७
प्रदेश सदस्यहरुको सपथपछि निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।
राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ । ५ सय ५० जना प्रदेश सांसद् र ७ सय ६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले मत दिएर राष्ट्रियसभा सांसद् निर्वाचित गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
उनिहरुको मतभार ४८ हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ जनाले मतदान गर्नेछन् उनीहरुको मतभार १८ हुनेछ । यसरी राष्ट्रिय सभा निर्वाचनका मतदाता २ हजार ५६ जना हुनेछन् ।
आगामी माघ २४ मा राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको जनाएको छ ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट आठआठ निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।