रुसको मस्कोमा एउटा रुसी विमानमा अवतरणका क्रममा आगो लाग्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मस्कोस्थित विमानस्थलबाट मरमास्क सहरका लागि उडेको सुखोइ सुपरजेट–१०० विमानमा प्राविधिक समस्या आएपछि आपतकालीन अवतरण गराइएको थियो । चालक दलका पाँच सदस्यसहित ७८ जना यात्रु बोकेको विमान आपतकालीन अवतरण गराइएपछि ३७ जना बाँच्न सफल भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन् । स्वास्थ्य मन्त्रालयले ५ जना अस्पतालमा भर्ना गरिएको र ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएको छ । आगलागी कसरी भयो भन्ने बारे अनुसन्धान जारी छ । स्रोतका अनुसार उडान भरेको केही बेरमै विमानमा धुँवा निस्किएको थियो । रुसी सरकारी विमान कम्पनी एरोफ्लोटले प्राविधिक कारणले विमानमा खराबी आएपछि आकस्मिक अवतरण गराइएको जनाएको छ । कम्पनीले घटनाको विस्तृत जानकारी दिएको छैन । समाचार संस्था इन्टरफ्याक्सले विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपतकालीन संकेत जारी गरेको जनाएको छ ।
रुसी विमानमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु
२३ बैशाख २०७६
भर्खरको समाचार