भेनेजुएलाका विपक्षी नेता जुवान गुवाइदोका सहायक पक्राउ

२६ बैशाख ७६, शुक्रबार

भेनेजुएलाको देशको गुप्तचर निकायले विपक्षी नेता जुवान गुवाइदोका सहायकलाई बिहीबार पक्राउ गरेको छ । संसदका उपाध्यक्षसमेत रहेका एड्गार साम्ब्रानोलाई पक्राउ गर्न लाग्दा गाडीबाट ओर्लन नमानेपछि गाडी तानेर कारागार लगिएको जनाइएको छ । गत महिना राष्ट्रपति निकोलस मदुरोविरुद्ध सैन्य विद्रोहको प्रयास गरिएयता पक्राउ पर्ने साम्ब्रानो पहिलो विपक्षी नेता हुन् । डेमोक्रयाटिक एक्सन पार्टी नेता कार्लोस प्रोस्पेरीले सेबिन भनिने गुप्तचर निकायले साम्ब्रानोलाई पक्राउ गरेको जनाए । उनका अनुसार साम्ब्रानो पक्राउ पर्नुअघि आफूसँगै एक बैठकमा सहभागी थिए । विपक्षी नेता गुवाइदोले वरिष्ठ नेता पक्राउ परेकोबारे ट्वीट गरेका छन् । उनले गाडी तानेर लैजानु ’मूर्खतापूर्ण कदम’ भएको बताए । भेनेजुएलाको सर्वोच्च अदालतले सैन्य विद्रोहमा भूमिका रहेको भन्दै साम्ब्रानोलगायतलाई देशद्रोहीको मुद्दा चलाउन आदेश दिएको भोलिपल्ट उनी पक्राउ परेका हुन् । मदुरो र गुवाइदो दुवैले आफूहरूलाई आधिकारिक राष्ट्रपति दाबी गर्छन् । गत जनवरीमा गुवाइदोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेपछि भेनेजुएलामा जारी राजनीतिक संकट थप चर्केको हो । गुवाइदोलाई अमेरिका, बेलायत तथा ल्याटिन अमेरिकाका अधिकांश देशसहित ५० भन्दा बढी राष्ट्रको समर्थन छ । राष्ट्रपति मदुरोको पक्षमा रूस, चीन तथा सैनिक नेतृत्व छ । दुवै नेताले आफूहरू देशको वैधानिक राष्ट्रपति भएको दाबी गर्छन् । गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेसँगै उनको सम्पत्ति रोक्का गरी देश छाड्न प्रतिबन्ध लगाइएको थियो । तर त्यसको अवज्ञा गर्दै यसअघि उनले ल्याटिन अमेरिकी देशको भ्रमण गरेका थिए । त्यसको केही महिनामा उनी स्वदेश फर्केपछि मदुरोविरुद्धको आन्दोलन चर्काएका हुन् । यसअघि गुवाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मदुरोलाई सचेत गराएका थिए । तर मदुरोले विपक्षी नेताले शक्ति हत्याउने चलखेल गरेको भन्दै आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top