पुलवामा सुरक्षाकर्मीमाथि आतंकवादीले चलाए गोली, ४ जनाको मृत्यु

Share this
733shares

एजेन्सी, जेठ २
भारतको जम्मू कश्मिर स्थित पुलवा क्षेत्रमा सुरक्षाकर्मी र आतंकवादीबीच भएको मुठभेडमा ४ जनाको मृत्यु भएको छ । दुई समूहको मुठभेडमा ३ आतंकवादी र १ सुरक्षाकर्मीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

Advertisement

आतंकवादीहरु पुलवामाको दलीपारो क्षेत्रमा रहेको एक घरमा लुकेर बसेको सूचनाको आधारमा सर्च अपरेशनमा गएका सुरक्षाकर्मीमाथि आतंकवादीहरुले गोली चलाउन सुरु गरेपछि सो घटना घटेको भारतीय सेनाको दाबी छ । अझै आतंकवादीहरु रहेको आशंकामा पुलवामामा इन्टरनेट सेवा बन्द गरिएको छ भने स्थानीयहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top