मेस्सीले कोपा अमेरिका खेल्ने पक्का

एजेन्सी, जेठ २
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ब्राजिलमा आयोजना हुने कोपा अमेरिका फुटबल खेल्ने भएका छन् । अर्जेन्टिनाले मेस्सीलाई समावेश गर्दै कोपा अमेरिका खेल्ने ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

अर्जेन्टिनाले घोषणा गरेको प्रारम्भिक टोलीमा परेसंगै मेस्सीले कोपा अमेरिका खेल्ने पक्का भएको हो । प्रारम्भिक टोलीमा मेस्सीसंगै अर्जियो अग्युरो, पाउल डिबाला जस्ता खेलाडी अटाएका छन् ।

अर्जेन्टिनाले कोपा अमेरिकाका लागि मे ३० मा राष्ट्रिय टोलीको घोषणा गर्नेछ । अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाउन असफल हुँदै आएपछि मेस्सीले यस संस्करण नखेल्ने अनुमान गरिएको थियो ।

अघिल्लो संस्करणमा पनि अर्जेन्टिना उपविजेता बनेको थियो । अमेरिकामा सम्पन्न प्रतियोगिताको फाइनलमा अर्जेन्टिना चिलीसंग टाइब्रेकरमा पराजित भएको थियो । उक्त फाइनलमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेका थिए । लगत्तै मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर, मेस्सीले सन्यास फिर्ता लिँदै अर्जेन्टिनाबाट रुस विश्वकप खेलेका थिए । ब्राजिलको पाँच शहरमा हुने कोपा अमेरिका जुन १४ बाट सुरु हुनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top