Nepal Times
Nepal Times
3
Shares

व्यवसायी गौचनको हत्याका अभियुक्त पक्राउ

व्यवसायी गौचनको हत्याका अभियुक्त पक्राउ

चितवन, माघ ९
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा बागमारे भनिने श्याम लामा गुम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई सोमबार भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरबाट पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिए ।

कार्कीले गौचन र तिवारीको दुवै घटनामा निज लामा संलग्न भएको बताए । केही दिनयता सिआइबीको टोलीले लामाको पिछा गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सोमबार साँझ निजलाई पक्राउ गरी सिआइबीले राति नै लामालाई काठमाडौं लगेको बताए ।

गौचन हत्याकाण्डका प्रमुख योजनाकार समीरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.