काठमाडौं, माघ १०
रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिने भएको छ ।
३ नं. नम्बर प्रदेशमा तीन प्रदेशसभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो ।
विवेकशील साझाका एक नेताका अनुसार आफ्नै पार्टीको प्रस्तावमा कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाएकाले कांग्रस उम्मेदवारलाई मत दिनेछ ।
यसबारे औपचारिक निर्णय गर्न सो दलको बैठक अहिले जारी छ । स्थानीय निर्वाचनमा छुट्टाछुट्टै चुनाव लडेका विवेकशील र साझा पार्टी एक भएर प्रतिनिधि र प्रदेश सभा चुनाव लडेका थिए । स्थानीय तहमा एक सिट पनि नजितेको विवेकशील साझाले तीन नम्बर प्रदेशमा तीन सिट जितेको छ ।