विवेकशीलले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई भोट दिने

१० माघ ७४, बुधबार
Share this
681shares

काठमाडौं, माघ १०
रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिने भएको छ ।

Advertisement

३ नं. नम्बर प्रदेशमा तीन प्रदेशसभा सदस्य रहेको सो दलले कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई मत दिने भएको हो ।

विवेकशील साझाका एक नेताका अनुसार आफ्नै पार्टीको प्रस्तावमा कांग्रेसले अधिकारीलाई उम्मेदवार बनाएकाले कांग्रस उम्मेदवारलाई मत दिनेछ ।

Advertisement

यसबारे औपचारिक निर्णय गर्न सो दलको बैठक अहिले जारी छ । स्थानीय निर्वाचनमा छुट्टाछुट्टै चुनाव लडेका विवेकशील र साझा पार्टी एक भएर प्रतिनिधि र प्रदेश सभा चुनाव लडेका थिए । स्थानीय तहमा एक सिट पनि नजितेको विवेकशील साझाले तीन नम्बर प्रदेशमा तीन सिट जितेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top