×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नोवेल मिस नेवाःको फाइनलका लागि १६ युवती छनौट

११ जेष्ठ २०७६

विराटनगर, ११ जेठ । नोवेल मिस नेवाः को फाइनलका लागि १६ जना युवतीहरू छनौट भएका छन् । विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।

Advertisement
Advertisement

विराटनगरसहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरानलगायतका युवतीहरू छनौट भएका छन् । .नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी गराए । यसपटकको मिस नेवाःको टाइटल स्पोन्सर नोवेल मेडिकल कलेज रहेको छ ।

साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र यसअघिकी विजेता सुधा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनीहरूले नेवारी संस्कृति, महिलाको अवस्थालगायतका विभिन्न विषयमा प्रश्न राखेका थिए । १६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी गराइएको ताम्राकारले बताए ।

 

एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् । नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए । यो तेस्रो शृंखला हो । यसअघि दुईवटा शृंखला सम्पन्न भइसकेको छ । पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए । फाइनलमा प्रवेश गरेका युवतीहरूलाई यही बिहीबारदेखि विराटनगरमा बन्द प्रशिक्षणमा राखिनेछ ।

विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो । “प्रतियोगितामा युवतीहरूको सहभागिताले हामी निकै उत्साहित भएका छौं, “ उनले भने, “प्रतियोगितामा जितेर मात्रै होइन युवतीहरूले केही न केही सिकेर पनि जानेछन् ।” प्रतियोगितामा युवतीहरूको सहभागिताले आफू उत्साहित भएको उनले बताए । विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए ।

Advertisement

यही जेठ अन्तिम साता विराटनगरस्थित वीरेन्द्र सहभागृहमा भव्य समारोहका बीच प्रतियोगिताको फाइनल हुनेछ । प्रतियोगितामा राष्ट्रियस्तरका कलाकारहरूको समेत सहभागिता रहने प्रबन्ध निर्देशक ताम्राकारले बताए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top