दाहाल प्रतिष्ठानद्वारा बरिष्ठ पत्रकार खरेल पुरस्कृत

११ जेठ ७६, शनिबार
Share this
688shares

दाहाल प्रतिष्ठान विराटनगरले न्यू सृष्टि दैनिकका प्रकाशक,प्रधानसम्पादक शंकर खरेललाई स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सेवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

Advertisement

प्रतिष्ठानले शनिबार विराटनगरमा एकसाथ आयोजना गरेको महत्वपूर्ण तीन कार्यक्रममा वरिष्ठ पत्रकार खरेललाई १५ हजार राशिको पत्रकारिता पुरस्कारबाट पुरस्कृत एवं सम्मानित गरेको हो । खरेलले प्राप्त पुरस्कार राशिमा थप गरेर विराटनगर–१ र १९ का ४३ विद्यार्थीलाई पोशाक प्रदान गर्ने बताए । प्रतिष्ठानले आयोजना गरेको सम्मान, हवनकुण्ड तथा जमराघर शिलान्यास एवं वंशावली विमोचन कार्यक्रममा दाहाल सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष शालिग्राम दाहाल लगायतले खरेललाई सम्मानसहित पुरस्कृत गरे । प्रतिष्ठानले गोविन्द पोखरेल, गीता घिमिरे, चेतनाथ पोखरेल, बुद्धिबहादुर मगर, खगेन्द्र दासी र मनोज भट्टराईलाई स्व. विद्यादेवी बाबुराम सरस्वती दाहाल सम्मान प्रदान गरेको छ । प्रतिष्ठानले विभिन्न सामुदायिक स्कुलमा अध्ययनरत ९ विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । डा. तीर्थराज कोइराला र डा. मीना कोइराला कोषबाट अनिता दाहाललाई ११ हजार र राजकुमार साहीलाई ७ हजार नगद सहित पुरस्कृत गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top