गुणस्तरहिन विकास ः स्थानीयले भत्काउन लगाए नाला

विराटनगर, जेठ ११
तोकिएको मापदण्ड पूरा नगरी विराटनगरमा निमार्ण गरिएको नाला शनिबार भत्काइएको छ । निर्धारण गरिएको भन्दा कम सिमेन्ट प्रयोग गरेर बनाइएको नाला विराटनगर ११ महेन्द्रचौकका स्थानीयले भत्काउन लगाएका हुन् ।

Advertisement

विराटनगर ११ महेन्द्रचोक पछाडी निर्माणाधीन नालामा मापदण्डभन्दा कम सिमेन्ट प्रयोग गरिनुका साथै प्लास्टर गर्दा प्रयोग गरिने बालुवा इंटाको जोडाइमा प्रयोग गरिएको फेला परेपछि स्थानीयले वडाध्यक्षलाई बोलाएर नाला भत्काउन लगाएका हुन् ।

निर्माणस्थलमा पुगेका महानगर वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले निर्माणाधीन नाला भत्काउन लगाएका हुन् । मापदण्ड पूरा नगरी निमार्ण गरिएको जोडाइ हुंदै गरेको २५ मिटर नाला भत्काइएको छ ।

Advertisement

नाला निमार्णगर्दा ४ तगारीमा १ तगारी सिमेन्ट हाल्नुपर्नेमा मजदुरहरुले ८ तगारीमा १ तगारी मात्र सिमेन्ट हालेको भेटिएपछि गुणस्तरका लागि नाला भत्काउन लगाएको वडाध्यक्ष न्यौपानेले बताए ।

विराटनगरमा जारी सडक नाला निमार्णकार्यमा सरोकारवालाहरुले अनुगमन नगरेको भन्दै गुणस्तरहीन काम हुदै आएको नगरवासीले आरोप लगाउदै आएका छन । उनीहरुले चाडो गर्ने नाममा गुणस्तरहीन निमार्ण हुने भन्दै सबैले अनुगमन र खबरदारी गर्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top