×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गाउँपालिका अध्यक्षको घर नजिकै बम विस्फोट, दुई वटा गाडीमा पेट्रोल बम प्रहार

१३ जेष्ठ २०७६

नवलपरासी, जेठ १३
विप्लव नेतृत्वको नेकपाको बन्दको क्रममा विहान नवलपरासीमा दुई वटा गाडीमा पेट्रोल बम प्रहार भएको छ । त्यसैगरी बुलिङ्गटारमा एउटा सिलिण्डर बम विस्फोट भएको छ । प्रहरीका अनुसार विहान सवा ३ बजेतिर पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ बाहुनीकुनामा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेका छन् ।

पेट्रोल बम प्रहार गर्न खोजेको देखेपछि ट्रक चालक भाग्न खोज्दा ट्रक दुर्घटना भएको छ । वमले चालक तनहुँको ब्यास नगरपालिका ४ बस्ने ३३ बर्षका अमर विकको अनुहार र ढाडमा पोलेको र उनको अरुणखोलाका मनकामना पोलिक्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ । आगलागीमा परी ट्रकमा समेत क्षति भएको छ ।

Advertisement

त्यसैगरी आज विहान नै कावासोती १६ डण्डाको पत्थर खोला नजिकै एउटा जिपमा पेट्रोल बम प्रहार गरेका छन् । घटना सबै विप्लवका कार्यकर्ताले गराएको प्रहरीले अनुमान गरेको छ । डण्डामा पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गरेको हो । जीपको त्रिपालमा क्षति भएको र अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसैगरी गएराति बुलिङ्गटार ३ मा बुलिङ्गटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीको घर नजिकै विस्फोट गराएका छन् । अध्यक्ष बस्ताकोटीको घरदेखि ३ सय मिटर पर श्रीधर गिरीको खेतमा सिलिण्डर बम विस्फोट गराइएको हो । विस्फोटबाट मानवीय क्षति भने भएको छैन ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top