विराटनगर, जेठ १३
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरु सँग सोमबार कुरा गर्दै उनले एक दुईवटा बम विष्फोट हुँदैमा राजनीतिक स्थिरता छैन भनेर सोच्न नहुने पनि उल्लेख गरे ।
सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द समूहको गतिविधि अब धेरै अघि नजाने संकेत पनि दाहालले गरे । अहिलेको राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति, जनताको चाहना, भावना, राष्ट्रको आवश्यकता बम पड्काउने नभएको उल्लेख गर्दै दाहालले यतिबेला सबै मिलेर विकास निर्माण र समृद्धितिर लाग्नुपर्नेमा जोड दिए । उनले चन्द समूहसँग वार्ताको पहल भइरहेको पनि बताएका छन् ।