सरकारको लक्ष अनुसार बजेटमा विकासको दर्शन आउन सकेन: गगन थापा

२१ जेठ ७६, मंगलबार
Share this
764shares

२० जेष्ठ, २०७६

Advertisement

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हँुदै सांसद थापाले सरकारको लक्ष अनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गरेका छन । बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्ने मा नै अन्योल देखिएको तर्क उनले गरेका छन । बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निरासाजनक भएको उनले टिप्पणी गरे । बहुमतको सरकारले मुलुकको आर्थिक विकासका लागि निरन्तरतामा क्रम भंग गरि रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको पनि दाबी गरे । उनले सम्मुन्त अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको बताएका छन् । उनले बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरे खुसी हुँ कि दुखी हुँ भनी प्रश्न गरे ।

उनले भने “म जस्तो एउटा व्यक्ति सांसद भएर खुसी हुँ कि नागरिक भएर दुखी हुँ ? खुसी हुँ कि दुखी हुँ । म अलमलमा परेको छु । ”

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top