सांसदलाई १० करोड चाहिने

२१ जेठ ७६, मंगलबार
Share this
678shares

२१ जेष्ठ, २०७६

Advertisement

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट दश करोड पु¥याउन उपयुक्त हुने तर्क गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा सांसद क्षेत्र विकास कोषकालागि सरकारले ६ करोड बजेट बिनियोजन गरेकोमा आलोचना भईरहेका बेला उनले तत्कालका लागि त्यसलाई बढाएर १० करोडसम्म पु¥याउन उपयुक्त हुने बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि सांसद क्षेत्र पूर्वाधार विकास कोषलाई तत्कालका लागि कटौती गर्न नमिल्ने स्पष्ट पारे । जनतामा सुःख र समृद्धि छाएपछि सांसद क्षेत्र विकास कोषको बजेट कटौति गर्न आफूहरु सहमत हुने उनको स्पष्टिकरण थियो ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका नेता रमेश लेखकले भने सरकारले ल्याएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने दावी गरे । उनले कर्मचारीको तलव÷भत्ता लगायतमा मात्रै केन्द्रित रहेको बजेटले कसरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ?भनि सरकारलाई प्रश्नपनि गरे । नेता लेखकले सरकारले आफैले घोषणा गरेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई यो बजेटले सम्बोधनगर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top