२१ जेष्ठ, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट दश करोड पु¥याउन उपयुक्त हुने तर्क गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा सांसद क्षेत्र विकास कोषकालागि सरकारले ६ करोड बजेट बिनियोजन गरेकोमा आलोचना भईरहेका बेला उनले तत्कालका लागि त्यसलाई बढाएर १० करोडसम्म पु¥याउन उपयुक्त हुने बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि सांसद क्षेत्र पूर्वाधार विकास कोषलाई तत्कालका लागि कटौती गर्न नमिल्ने स्पष्ट पारे । जनतामा सुःख र समृद्धि छाएपछि सांसद क्षेत्र विकास कोषको बजेट कटौति गर्न आफूहरु सहमत हुने उनको स्पष्टिकरण थियो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसका नेता रमेश लेखकले भने सरकारले ल्याएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने दावी गरे । उनले कर्मचारीको तलव÷भत्ता लगायतमा मात्रै केन्द्रित रहेको बजेटले कसरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ?भनि सरकारलाई प्रश्नपनि गरे । नेता लेखकले सरकारले आफैले घोषणा गरेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई यो बजेटले सम्बोधनगर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।