×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इद उल फित्र पर्व देशभर मनाइँदै, आज सार्वजनिक बिदा

२२ जेष्ठ २०७६

जेष्ठ २२, विराटनगर । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् ।

Advertisement
Advertisement

आज नेपाली जामे मस्जिदहरुमा विशेष नमाज पाठ गरि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुने गर्दछ । सो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । विराटनगरसहित देशभरका मस्जिद र इदगाहमा आज विशेष कार्यक्रमका साथ नमाज पाठ गरिदैंछ । यस पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्ष्भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । सो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । सोे दान पनि गरीबलाई नै दिइन्छ ।

यसैबीच सरकारले मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को जेठ १० गते बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णय गरेको थियो ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top