×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फेडेरर र नाडाल ओपन टेनिसको सेमिफाइनलमा

२२ जेष्ठ २०७६

जेष्ठ २२, एजेन्सी । शीर्ष खेलाडीहरु रोजर फेडेरर र रफाइल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा भिड्ने भएका छन् ।

क्वाटरफाइनल खेलहरुमा जित निकाल्दै दावेदारहरु फेडेरर र नाडालले सेमिफाइनल भिडन्त तय गरेका हु्न् । पेरिसको रोलाँ ग्यारोमा गएराति भएको क्वाटरफाइनलमा फेडेररले स्टानिस्लास वावरिङ्कालाई ३–१ को सेटमा हराए । आफ्नै देशका वावरिङ्का विरुद्धको खेल स्विस टेनिस स्टार फेडेररले ७–६, ४–६, ७–६ र ६–४ को सेटमा जिते ।

उता दोस्रो वरियताका नाडालले क्वाटरफाइनलमा जापानका केई निशिकोरीलाई ६–१, ६–१ र ६–३ को सोझो सेटमा पराजित गरे । जितसँगै नदालले फेडेरर विरुद्धको हाइ प्रोफाईल भिडन्त तय गरेका हुन् । यी दुई खेलाडीबीचको हेड टु हेड रेकर्डमा नाडाल अगाडि छन् । कुल ३८ भिडन्तमा नाडाल २३ पटक विजयी हुँदा फेडेररले १५ जित हात पारेका छन् ।

यसैविच, फ्रेन्च ओपन टेनिसको महिलातर्फ बेलायतकी योहाना कोन्टाले सेमिफाइनल यात्रा तय गरिन् । कोन्टाले अमेरिकी खेलाडी स्लोआनी स्टेफेन्सलाई ६–१ र ६–४ को सोझो सेटमा पाखा लगाईन् । जितसँगै कोन्टा सन् १९८३ पछि फ्रेन्च ओपनको सेमिफाइनल पुग्ने पहिलो बेलायती महिला खेलाडी बनेकी छन् ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top