×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकप क्रिकेटमा आज दुई खेल हुने, गएरातिको खेलमा श्रीलंकाको जित

२२ जेष्ठ २०७६

जेष्ठ २२, एजेन्सी । इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन् । आज पहिलो खेलमा भारत र दक्षिण अफ्रिका भिड्दा दोस्रो खेलमा बंगलादेशले न्यूजिल्याण्डसँग खेल्नेछ ।

गएराति भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकाल्न सफल भएको हो । वेल्सको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५२ रन मात्र बनाउन सक्यो । उसका लागि नाजिब उल्लाह जाद्रनले ४३ रन बनाए पनि टोली हारबाट जोगीन सकेन । अफगानिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका नुवान प्रदीपले ४ तथा लसिथ मालिंगाले ३ विकेट लिएका थिए ।

Advertisement
Advertisement

Advertisement

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो । वर्षाको कारण ४१ ओभरमा झारिएको खेलमा अफ्गानिस्तानलाई डि.एल पद्दतिको आधारमा १ सय ७८ रनको नयाँ लक्ष्य दिइएको हो । जितसँगै श्रीलंकाले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top