झापा, माघ १०
झापाको बिर्तामोडका यौनधन्दा चलाउने १८ वटा होटल र लज बन्द गरिएको छ । होटलका संचालक तथा कर्मचारीहरुलाई प्रहरीले पक्राउ गर्न थालेपछि होटल,लज तथा खाजा घरहरुसमेत बन्द भएका हुन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले तीन महिनामा ७० जनालाई बेश्यावृत्तिको आरोपमा पक्राउ गरी मुद्दा दायर गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा बिर्तामोडका धेरै होटल तथा लजहरुमा बेश्यावृत्ति हुने गरेको डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।
प्रहरीले कडाई गरेपछि शहरका होटलहरु बन्द भएको र उनीहरु ग्रामिण क्षेत्रमा घर भाडामा लिएर यस्तो गतिविधिमा लागेको प्रहरीले जनाएको छ । ग्रामिण क्षेत्रहरुमा पनि प्रहरीले निगरानी बढाएको छ ।