×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

जापानको बत्तीस करोड अनुदान

काठमाडौँ, माघ ११
जापान सरकारले खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३२ करोड ४८ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले चामललगायत खाद्यान्न खरिद गर्न उक्त रकम उपलब्ध गराउन लागेको हो ।

Advertisement
Advertisement

गत वर्षको बाढीले नेपालको कृषि क्षेत्र नराम्ररी प्रभावित भएको थियो भने बालीनालीसमेत बगेको थियो । प्राकृतिक विपत्तिका कारण उत्पन्न प्रतिकूल अवस्थामा खाद्यान्न अभाव हुन नदिन जापान सरकारको केनेडी राउण्ड योजनाअन्तर्गत उक्त रकम उपलब्ध गराउने घोषणा गरिएको हो ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे ।

Advertisement
Advertisement

आपूर्ति मन्त्रालयको नेतृत्वमा नेपाल खाद्य संस्थानले उक्त कार्यक्रम कार्यान्वयन गर्नेछ । त्यस अवसरमा सचिव अधिकारीले नेपालको भौतिक पूर्वाधार, सामाजिक एवं दिगो विकासका निम्ति निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभयो भने राजदूत ओगावाले उक्त कार्यक्रम कार्यान्वयनबाट नेपालका दुर्गम जिल्ला खाद्यान्न संकटबाट मुक्त हुने विश्वास व्यक्त गरे ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top