प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता

३१ जेष्ठ, २०७६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिपेबीच बिहीबार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । नेपाल र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको सन्दर्भमा फ्रान्स भ्रमणमा गएका प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल गरेका थिए। भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

Advertisement

यसअघि प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो पेरिसस्थित नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। ओलीले नेपाल भ्रमण गर्न फ्रान्सेली नागरिकहरुलाई अनुरोध पनि गरे ।

ओलीले बुधबार फ्रान्सेली व्यवसायीहरुसँग पनि भेटघाट गरेका थिए। राजनीतिक स्थायित्वका साथै कानूनी जटिलताको अन्त्य भएको भन्दै नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीले व्यवसायीहरुलाई आग्रह पनि गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top