३१ जेठ, विराटनगर।नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइएको छ । विश्व रक्तदाता दिवसकै अवसर पारेर विराटनगरस्थित लाइफ गार्ड हस्पिटलले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
युथ फर ब्लडकोसँगको सहकार्यमा हस्पिटल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको युथ फर बल्ड मोरङकी सचिव मधु खतिवडाले बताइन् । चिकित्सकहरुका अनुसार १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका स्वस्थ नागरिकले रगत दान गर्न सक्नेछन । चिकित्सकहरुका अनुसार स्वस्थ मानिसले रगत दान गर्दा कुनै असर गर्देन ।