व्यापार संघका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण

१ असार ७६, सोमबार

२ असार, विराटनगर ।

मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट विजयी पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् ।

मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको अध्यक्षमा प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्षमा नविन रिजाल, वाणिज्य उपाध्यक्षमा विकास वेगवानी, उद्योग उपाध्यक्षमा अनुपम राठी , महासचिवमा अनिल साह र सचिवमा अनिल सारडाले पदस्थापन गरेका छन् । यस्तै उद्योग तर्फका सदस्यहरुमा दीपेश सुवेदी, आशिष जाजू, पवन राठी, सुनिल टिवडेवालले पदभार ग्रहण गरेका छन् । यस्तै वाणिज्य तर्फ अनिलकुमार साह, मनीषकुमार मारु, राजेशकुमार अग्रवाल, देवाशीष गोल्छा, विनित सिंघानीया, सुशील सुरानाले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष प्रकाश मुन्दडाले ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा औद्योगीक ग्राम लगायत औद्योगिक संरचनाहरुको स्थापना गराउने, प्रादेशिक एवम औद्योगिक प्रदर्शनी कक्ष, रिङरोड, एकीकृत भन्सार बिन्दुको निर्माण एवम् संचालन गराउन पहल गर्ने, स्वदेशी उत्पादन हाम्रो प्राथमिकताको मुल नाराका साथ स्वदेशी उत्पादनहरुको संरक्षण र प्रवद्र्धनका लागि काम गर्ने बताए ।

Advertisement

यस्तै उर्जा आपूर्तिलाई थप सुधारका लागि सम्बन्धित निकायमा पहल गर्ने, पर्यटन बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन सम्बन्धित निकायसँग समन्वय गर्ने बताउदै वृक्षारोपण अभियान २०२० लाई आत्मसाथ गर्दे १० हजार वृक्षारोपण गरी विराटनगरलाई ग्रीन सिटी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रममा पूर्व अध्यक्षहरु ताराचन्द खेतान, नन्दकिशोर राठी,खेमचन्द्रलालवानी, शंकरलाल अग्रवाल,जीवन नेपाल, महेश जाजु, पवन सारडा लगायतले उद्योग तथा व्यापारको सामूहिक हितका लागि नयाँ नेतृत्व उदारहणीय काम गर्न सकोस् भनी सफलताको शुभकामना दिएका थिए । नयाँ कार्यसमितिको पदावधि २ बर्षको रहनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top