कांग्रेस सांसदले प्रधानमन्त्रीलाई बोल्न दिएनन्

कांग्रेस सांसदले प्रधानमन्त्रीलाई बोल्न दिएनन्

३ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।

कांग्रेस सांसदहरुको अवरोधका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन पनि हुन सकेन । सभामुख कृष्णबहादुर महराले मंगलबारको बैठक प्रारम्भ भएको जानकारी गराउने वित्तिकै कांग्रेसका सांसदहरु उभिएका थिए । त्यत्तिकैमा सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नको लागि समय दिएपछि कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका हुन् । सम्बोधनका लागि प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजी पछि सम्बोधन हुन सकेन ।

ध्यानाकर्षण गराउदा गराउदै सभामुखले प्रधानमन्त्रीलाई समय दिएको भन्दै कांग्रेस सांसदहरुले संसदिय गरिमा कायम गर्न माग गर्दे नाराबाजी गरिरहे । केही समयको नाराबाजी पछि सभामुखले बैठक बुधबार सम्मका लागि स्थगित भएको घोषणा गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.