प्रधानमन्त्रीलाई बोल्न नदिएर कांग्रेसको गलत गर्याेः माधव नेपाल

प्रधानमन्त्रीलाई बोल्न नदिएर कांग्रेसको गलत गर्याेः माधव नेपाल

३ असार, काठमाडौं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्रीको सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत गरेको टिप्पणी गरेका छन् ।

संघीय संसद भवनमा संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको बताए । प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परम्परा अनुसार उनको कुरा सुन्नुपर्नेमा अवरोध श्रृजना गर्नु नाजायज भएको टिप्पणी उनले गरे । उनले भने “प्रमुख प्रतिपक्षी दलको माग नाजायज थियो । प्रधानमनत्री बोल्ने भनिसकेपछि संसदीय परम्परा र संसदीय परिपाटी अनुसार प्रधानमन्त्रीले भनेको कुरा सुन्नुपर्छ ।

त्यसपछि प्रतिपक्षीले बोल्ने कुराको सन्र्दभमा बोल्न पाउनुपर्छ । सभामुखको रुलिङ नमानेर गलत संसदीय नजिर बसाल्न खोजेको देखिन्छ । ”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.