मानव अधिकार उलंघनका घटनामा संलग्नलाई सरकारले कार्वाही गर्न नसकेकोमा आपत्ति

मानव अधिकार उलंघनका घटनामा संलग्नलाई सरकारले कार्वाही गर्न नसकेकोमा आपत्ति

३ असार, काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर प्रकृतिमा मानव अधिकार उलंघनका घटनामा संलग्नलाई सरकारले अझै कार्वाही गर्न नसकेकोमा आपत्ति जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गम्भिर प्रकृतिका मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई कार्वाही गर्न गरिएको सिफारिस सरकारले अझै कार्यान्वयनमा ल्याउन नसकेको उल्लेख गर्दै आपत्ति जनाएका हुन् । मंगलबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र वर्तमान राजनीतिक परिस्थिति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले २०७२ सालमा आयोगले गम्भिर प्रकृतिका मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई कार्वाही गर्न सिफारिस गरेपनि त्यसयता बनेका कुनै पनि सरकारले सो सम्बन्धमा चासो नदिएको गुनासो पनि गरे । अध्यक्ष शर्माले तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीच गरिएको शान्ति सम्झौता कार्यान्वयनमा पनि सरकार इमान्दार नदेखिएको स्मरण गराए ।

आयोगले सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई नियन्त्रणमा राख्ने गरी सो सम्बन्धि विधेयक ल्याएकोमा पनि आफूहरुको आपत्ति रहेको दोहो¥याएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.