काँग्रेसका नेता सिटौलाद्वारा सरकारको गम्भिर ध्यानाकर्षण

३ असार ७६, बुधबार

३ असार, काठमाडौं ।

Advertisement

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

नेता सिटौलाले द्वन्द्वकालका घटनाका दोषीमाथि तत्काल कार्वाही नगर्ने हो भने मुलुक पुनः अर्को द्वन्द्वमा फस्ने चेतावनी पनि दिए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विस्तृत शान्ति सम्झौंतालाई कार्यान्वयनमा ल्याउन सरकार केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे ।

Advertisement

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले राजनीतिक सहमतिको आधारमा द्वन्द्वकालीन न्याय निरुपण गर्न सरकार लागि परेको बताए । उनले त्यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानवीन आयोगको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेता भट्टराईले नेपालको संक्रमणकालीन न्याय निरुपणको काम सम्पन्न गर्न नेपाल आफै सक्षम रहेको दावी पनि गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top