वन अनुसन्धान केन्द्रहरु तत्काल स्थापना गर्न सांसदहरुको माग

वन अनुसन्धान केन्द्रहरु तत्काल स्थापना गर्न सांसदहरुको माग

४ असार, काठमाडौं ।

प्रतिनिधिसभाका सांसदहरुले वन अनुसन्धान केन्द्रहरु तत्काल स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै प्रतिनिधिसभाकी सांसद एवम् पूर्वमन्त्री राधा ज्ञवालीले वन क्षेत्रको उचित व्यवस्थापनका लागि वन अनुसन्धान केन्द्रहरुको स्थापना गर्न सरकारसँग माग गरेकी हुन् । उनले वनमा फलफूल लगायतका व्यवसायिक खेती गर्ने व्यवस्था गर्न पनि ढिलाई गर्न नहुनेमा जोड दिईन् ।

अर्का सांसद भवानीप्रसाद खापुङले वन उद्यमको विकासका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । उनले वनका कर्मचारीहरुले वन उद्यमीहरुलाई हैरानी पार्ने गरेको उल्लेख गर्दै सो समस्या समाधान गर्न पनि सरकारलाई सचेत गराए ।

सांसद खापुङले वन क्षेत्रमा फलफूल तथा तरकारी खेतीको विकास गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.