×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरमा विमान दुर्घटनाको पूर्व अभ्यास यसरी गरियो ( फोटो फिचरसहित)

४ असार २०७६

४ असार, विराटनगर ।

विराटनगर विमानस्थलमा बिमान दुर्घटना भएको खण्डमा अग्नि नियन्त्रण र जोखिम न्युनिकरण गर्न गरिने उपायहरुको प्रयोगात्मक अभ्यास गरिएको छ ।

Advertisement
Advertisement


जसकालागि बुधबार बिहान विमानस्थलको रनवे भन्दा केही टाढा विमान दुर्घटनाको अवस्था सृजना गर्दै संकटको अवस्थामा खटिने सम्पूर्ण सरोकारवालालाई सहभागि गराएर संकट योजनाको अभ्यास गरिएको हो । अभ्यास अन्र्तगत रनवेको छेउमा काल्पनिक दुर्घटनामा विमानमा लागेको आगो निभाउन विमानस्थलमा रहने दमकल,एम्बुलेन्स लगायतका सवारीसाधनसहित विमानस्थलमा खटिएका विभिन्न फाँटका कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएका थिए ।


५४ जना यात्रु सवार रहेको विमानको काल्पनिक दुर्घटनामा ४ जनाको मृत्यु र अन्य २० जना घाइते भएको अवस्थालाई चित्रणगर्दै अवलम्बन गर्नुपर्ने उपायहरु र विभिन्न निकायहरुसंग गर्नुपर्ने सहकार्यको अभ्यास गरिएको थियो । सो क्रममा आगो निभाउने, घाइते र मृतकलाई अस्पताल पु¥याउनेदेखि लिएर सञ्चारकर्मीलाई सुचना उपलब्ध गराउने सम्मको अभ्यास गरिएको थियो ।


विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले वास्तविक संकट आइपरेको अवस्थामा प्रभावकारीरुपमा जोखिम न्युनिकरणगर्न यसप्रकारको अभ्यास गर्ने गरिएको जानकारी दिए । प्रत्येक दुई बर्षमा यसप्रकारको अभ्यास गर्ने गरिएको उनले जानकारी दिए । पुर्णकालीन पूर्वअभ्यासको अवलोकन गर्न प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की,मोरंङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र मोरङका प्रहरी प्रमुख विश्व अधिकारीसहित नेपाली सेनाका अधिकृत र जवानहरु समेत विमानस्थल पुगेका थिए ।

Advertisement


अभ्यास अवधिभर विमानस्थलबाट उडान र अवतरण समेत रोकिएको थियो भने आपतकालीन अवस्थामा बजाइने साइरन समेत बजाइएको थियो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top