तीन मन्त्रीकाे राजीनामा नआई गुठी आन्दाेलन नराेकिने

तीन मन्त्रीकाे राजीनामा नआई गुठी आन्दाेलन नराेकिने

५ असार, काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको ठुठी ऐनविरुद्धको आन्दोलन नरोकिने भएको छ । राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिले जारी आन्दोलनलाई नरोक्न जनाएको हो ।

समितिले उक्त विधेयक ल्याउने भूमिसुधारमन्त्री पद्मा अर्याल, गुठी विधेयकविरुद्धको आन्दोलनमा दमन गर्न लगाउने गृहमन्त्री रामबहादुर थापा र गुठीयारहरुलाई सामन्ती भन्ने सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामाको माग गरिएको छ ।

सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिने हिजो बताए पनि अहिलेसम्म त्यसको लागि कुनै प्रक्रिया अघि बढाएको छैन । प्रचलित कानून र संघीय संसदको कार्यसञ्चालन नियमावली अनुसार पेश भएको विधेयक फिर्ता लिन मन्त्रीपरिषद्ले प्रस्ताव पेश गरी त्यसलाई संघीय संसदको दुवै सदनको बहुमतले अनुमोदन गर्नुपर्छ ।

बुधबार घाेषणा गरिएकाे सम्भावित आन्दाेलन टार्न भूमिसुधारमन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ताकाे घाेषणा गरेकी थिइन् तर त्यसकाे केही समयपछि पत्रकार सम्मेलन गरेका प्रधानमन्त्रीले साे समाचार आफुले पनि मिडियाबाट थाहा पाएकाे भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.