किरात संग्रहालय निर्माणमा किरातीको ध्यान

११ माघ ७४, शुक्रबार

खोटाङ,माघ १२
नेपालकै इतिहासमा पहिलोपटक खोटाङमा निर्माण शुरु गरिएको किरात राईको संग्रहालयप्रति देश–विदेशमा रहेका किरातीको ध्यान केन्द्रित भएको छ ।

किरात राई जातिको मौलिक पहिचान तथा अस्तित्व बोक्ने ऐतिहासिक, धार्मिक, सांस्कृतिक सामग्री र वेशभूषा संरक्षणार्थ जिल्लाको एँेसेलुखर्क गाउँपालिकास्थित रिब्दुङ महेश्वरीमा किरात संग्रहालय स्थापनार्थ आर्थिक सहयोग जुटाउन किरात राईहरु केन्द्रित भएका हुन् ।

किरात राई जातिको मौलिक गरगहना, कला, साहित्य, सीपजस्ता बहुमूल्य सम्पदालाई संकलन र संरक्षण गर्ने उद्देश्यले निर्माण शुरु गरिएको संग्रहालय भवनका लागि एक वर्षमा रु १६ लाखभन्दा बढी रकम प्राप्त भएको निर्माण समितिको संयोजक खुक्सङ खम्बुले बताए । संग्रहालयको विकास गरी किरात अध्ययन केन्द्रका रुपमा स्थापित गर्ने र पर्यटनमा समेत टेवा पुर्याउने गरी दीर्घकालीन योजना तय गरिएको छ ।

Advertisement

देशविदेशमा रहेका किरात संस्कृतिप्रेमी तथा सामाजिक संघसंस्थाले महाअभियानको रुपमा लिई संग्रहालय निर्माणको सहयोगमा जुटेको संयोजक खम्बुको भनाइ छ । तीन वर्षमा सम्पन्न गर्नेगरी गत वर्षदेखि किरातीको ऐतिहासिक संग्रहालय निर्माण अभियान शुरु गरिएको थियो ।

संग्रह निर्माणका लागि रु दुई करोड बराबरको बृहत योजना बनाइएकोमा यो वर्ष रु ५५ लाख लागतमा संग्रहालयको एक तला निर्माण सम्पन्न गर्ने तयारी गरिएको जनाइएको छ । संग्रहालय भवन निर्माणका लागि वडाबाट रु पाँच लाख बजेट यो वर्ष विनियोजन गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

Advertisement

संग्रहालय निर्माण कार्यलाई महाभियानको रुपमा लिनुपर्ने भन्दै दाताले स्वस्फुर्तरुपमा बोलकबुलसमेत गरिरहेको जनाइएको छ । ‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती कथनअनुरुप किरातीको मौलिक इतिहास, संस्कार, चालचलनलाई केन्द्रित गर्दै निर्माण गरिने संग्रहालयको लागि सबै प्रकारको सहयोग सबै पक्षबाट आवश्यक रहेको संयोजक खम्बुको भनाइ छ ।

दश किरातको प्रतीकस्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई संग्रहालय निर्माण गरिने योजना छ । तीन तले गोलाकार भवनको धुरीमा धातुबाट निर्मित चिण्डोको बर्निङ गजुर राख्ने तथा किराती वास्तुकलाले भरपुर सजाइनेछ । संग्रहालय भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक बनाउने टुंगो लागेको बताइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top