Nepal Times
Nepal Times
3
Shares

रानीमहलमा आधारित चलचित्र बन्ने

रानीमहलमा आधारित चलचित्र बन्ने

काठमाडौँ, माघ १२
त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ नामक चलचित्र निर्माण गरिने भएको छ । स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति नै मित्रता रहेका दुई साथीका बीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र पे्रमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगका बारे सन्देश दिन खोजिएको छ ।

वरिष्ठ कलाकार नीर शाह, शेष राणा, प्रशान्त ताम्राकार तथा नयाँ कलाकार आशिष अधिकारी, सहिल श्रेष्ठ, मानषवी खरेल, वर्षा सिवाकोटीलगायत कलाकारले अभिनय गर्नेछन् । वेदप्रसाद भुसाल निर्माता रहेको सो चलचित्रको पटकथा दीपक पौडेलले तयार गरेका छन् भने हिमाल न्यौपानेले निर्देशन गर्नेछन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वस्तिक फिल्मस्का अध्यक्ष सुन्दर भुसालले नेपाली मौलिकतामा बनाइने उक्त चलचित्रले प्रेम कथाका साथै प्रेमको प्रतीकका रुपमा रहेको पाल्पाको रानीमहलको ऐतिहासिक पक्षलाई पनि उजागर गर्ने जानकारी दिए ।

करिब एक सातापछि पाल्पा, बुटवल, पोखरा, भैरहवा र काठमाडौँमा दृष्यांकन गरी दुई महिनाको समयावधिमा निर्माण सम्पन्न गरिने चलचित्र ‘हेलियम ८ के’ नामक क्यामराबाट छायांकन गरिनेछ ।

हलिउडमा प्रयोग हुँदै आएका क्यामरा तथा प्रविधिलाई पहिलोपटक नेपाली चलचित्रमा भित्र्याउन लागिएको आयोजकले जनाएका छन् । करिब एक करोड ५० लाखको लागतमा निर्माण पूरा गरिने बताइएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.