महिलाको भावनामा चोट पुगेको भन्दै इटहरीका मेयरले मागे माफी

६ असार, इटहरी ।
सार्वजनिक कार्यक्रममा महिलाको अपमान हुनेगरी बोलेको भन्दै आलोचित भएका इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन्। मेयर चौधरीले शुक्रबार विज्ञप्ति जारी गर्दै आफुले बोलेको शब्दले महिलाको भावनामा चोट पुगेको भन्दै माफी मागेका हुन्।

Advertisement

उनले ‘सामाजिक विकृतिको विरुद्ध अभियान’ नामक सार्वजनिक कार्यक्रममा महिलालाई अपमान हुने गरी ‘र..डी’ जिन्दावाद भन्दै अभिव्यक्ति दिएका थिए।

‘महिला दिदीबहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन। म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु,’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्दछु।’ एक महिनामा जारी भएको यो उनको तेस्रो माफी विज्ञप्ती हो।

Advertisement

चौधरीले इटहरीको समृद्धि र विकास महिला दिदी बहिनीको साथबिना सम्भव नहुने भन्दै सहयोगको लागि आग्रहसमेत गरेका छन्। उनले सार्वजनिक कार्यक्रममा महिलाको विषयमा दिएको अभिव्यक्तिको कारण चर्को आलोचना भएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top