देशका अधिकांश स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना

७ असार, काठमाडौं ।
शनिबार देशका विभिन्न स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेका । मौमस पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी तथा मध्य भू–भागमा समान्यतया बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।

Advertisement

आज देशका मध्ये तथा पश्चिमका केही स्थानहरुमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। पूर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। शुक्रबार साँझ पनि देशका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी परेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top