रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

रेशम चौधरीलाई सिक्रीले बाँध्नेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

७ असार, काठमाडौं ।
उपचाररत बन्दी रेशम चौधरीको खुट्टामा नेल लगाएको घटना प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् ।वीर अस्पतालमा उपचाररत सांसद चौधरीलाई अस्पतालको बेडमै नेल लगाएर राखिएको समाचार बाहिर आएपछि प्रधानमन्त्री ओलीले चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएका छन् ।

शनिबार प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर उपचाररत चौधरीको खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन दाहालले जानकारी दिए । दाहालले भने, ‘चौधरीको खुट्टामा कसले नेल लगाएको हो, उसलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाबाट निर्वाचित सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको नेलले बाँधेर राखिएको थियो ।चौधरीमाथि राज्यले गरेको अमानवीय व्यवहारप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.