राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको नेता राम नारायण विडारीको भनाई

राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको नेता राम नारायण विडारीको भनाई

७ अषाढ,काठमाण्डौ ।

सत्तारुढ दलका नेता राम नारायण विडारीले पछिल्लो समय राजनीतिप्रति जनताको दृष्टिकोण नकारात्मक बन्दै गएको बताएका छन् ।

थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी व्यक्तित्व रुपचन्द्र बिष्टको २० आंै स्मृति दिवसको अवसरमा सनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले रुपचन्द्रले परिभाषित गरेको राजनीति र वर्तमान अवस्थामा सर्वसाधरणले बुझ्ने गरेको राजनीतिमा आमुल भिन्नता भएको बताएका हुन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति विडारीले बिष्टले जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति भनेर परिभाषित गर्ने गरेको उल्लेख गर्दै पछिल्लो समय “छुल्यार्इँ ”लाई राजनीतिको रुपमा बुझ्ने संस्कृति विकास हुदै गएको बताए ।
उनले भने, “रुपचन्द्रले राजनीतिको व्याख्या गर्नुभयो । राज्इका जनताको हितका निम्ति गरिने नीतिको नाम राजनीति । अहिले हामीले राजनीति के भन्छौ रे ? गाउमा छुल्यार्ई र बठ्याई गर्यो भने हेर , त्यो रामेले कस्तो राजनीति गरेछ यार । हामी त्यहाँ पुग्यौ । ”

कार्यक्रममा उनले विष्टले व्याख्या गर्ने गान्धीवाद र माक्र्सवादको पनि चर्चा गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.