स्वास्थ्य शिविरबाट दुईसय बढी लाभान्वीत

११ माघ ७४, शुक्रबार

विराटनगर, माघ १२
परोपकार अभियान समूहले विराटनगरमा आयोजना गरेको स्वास्थ्य शिविरबाट दुईसय बढीले सेवा लिएका छन ।समुहले पोखरीयास्थित आफ्नै भवन परिसरमा आयोजना गरेको शिविरमा विराट मेडिकल एण्ड टिचिंग अस्पतालका चिकित्सकहरुले सेवा दिएका थिए ।

शिविरमा विराटनगरको वडानम्बर १,२,३ र ४ का समेत गरी २ सय २५ जना सहभागि भएको आयोजक संस्थाका अध्यक्ष बाबुराम न्यौपानेले जानकारी दिए ।

शिविरमा आएका अधिकांश जेष्ठ नागरिकहरुमा हाडजोर्नी र नशा सम्बन्धि समस्या देखिएको चिकितसकले जनाएका छन । शिविरमा आंशिकरुपमा निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top