इटहरी, माघ १२
सुनसरीको इटहरीमा जारी मदन भण्डारी स्मृति गोल्डकपको उपाधिका लागि मनाङ मस्याङदी क्लव र थ्रीस्टार क्लव भिड्ने भएका छन ।
दोस्रो सेमिफाइनलमा कलकत्ताको गरिफा युनाटेड क्लवलाई ३ शुन्यले हराउदै मनाङ मस्याङदी क्लवले फाइनलमा थ्रिस्टारसंगको भेट पक्का गरेको हो । पहिलो हाफको इन्जुरी समयमा गरिफाका खेलाडी रातो कार्ड पाउदै बाहिरीएपछि त्यसको फाइदा उठाउदै मनाङले ३ शुन्यले जित हात पारेको हो ।
दस खेलाडीमा सिमित गरिफामाथि हावी भएको मनाङंले दोस्रो हाफको दुई मिनेट वित्न नपाउदै जितका लागि खाता खोलेको थियो । खेलमा मनाङ सन्तोष साउखलले २ तथा विमल रानाले एक गोल गरेका थिए ।
बुधबार भएको पहिलो सेमीफाइनलमा थ्रिस्टारले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउदै फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल आगामी शनिबार हुने आयोजक राष्ट्रिय जागृति क्लवले जनाएको छ ।