जग्गा एउटै, लालपुर्जा दुईवटा

Share this
727shares

विराटनगर : मोरङको डायनियामा रहेको एउटा जग्गाको धनी दुई जना देखिएका छन् । साबिक डायनिया– ८ मा रहेको ८ कठ्ठा जग्गा दुई जना ब्यक्तिको नाममा दर्ता भएको पाईएको हो ।

Advertisement

आठ कठ्ठा जग्गाको फरक फरक व्यक्तिको नाममा दर्ता भएपछि विराटनगरका नन्दप्रसाद रौनियार ठगिएका छन् । उनले डायनियाका सहरलाल साहलाई आठ कठ्ठा जग्गा दृष्टिबन्धक राखेर ५ लाख ऋण दिएका थिए । तर उनले ऋण नतिरेपछि जग्गा रौनियारलाई पास गरिदिएका थिए ।

आफ्नो जग्गा उपभोग गर्न खोज्दा उनले जग्गाधनी अरु व्यक्तिपनि भएको थाहा पाएका थिए । सो जग्गा नन्दप्रसादकी श्रीमती मधु रौनियार र अर्का व्यक्ति फुर्कीदेवी गनगाईको नाममा छ ।, यो समाचार आजको उदघोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top