लोकसेवा आयोगमा आवेदनको चाङ, प्रतिमिनेट सय जनाले भर्छन् फाराम

काठमाडौं : स्थानीय तहका लागि लोकसेवा आयोगमा आवदेन दिने म्याद दुई दिन मात्र बाँकी छ।
आयोगको अनलाइन फराम भर्ने म्याद असार १० गते समाप्त हुने भएको छ। असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ। आयोगले एक साताअघि सो म्याद थप गरेको थियो।

Advertisement

आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार आइतबारसम्म खुलातर्फ २ लाख ८४ हजार ८ सय ६१ आवेदन फाराम भरिएको छ। त्यसै गरी समावेशीतर्फ ६९ हजार ७ सय ९७, जनजातितर्फ ३० हजार ६ सय २७, मधेसीतर्फ १८ हजार १ सय १, दलिततर्फ २ हजार २ सय ७, अपांगतातर्फ १ सय १ र पिछडिएको क्षेत्रमा ८७ को निवेदन परेको छ।

आयोगले ५ सय २१ स्थानीय तहका लागि ९ हजार ४ सय ६१ कर्मचारी भर्नाकोे विज्ञापन निकालेको थियो। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएलगतै फाराम भर्नेको संख्यामा कमी आएको थियो। ठूलो संख्या र लामो समयपछिको विज्ञापन भएका कारण त्यसभन्दा अझै बढी आवेदन आउन सक्ने अनुमान आयोगको थियो।
आयोगले अघिल्ला वर्षको तुलनामा सरदर ६ लाख आवेदन पर्ने गरेको तथ्यांक पेस गरेको थियो। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि आवेदक अन्योलमा परेका कारण अन्तिम समयमा आवेदन दिनेको चाप बढेको हो। संसदीय समितिको निर्देशनपछिको १–२ दिन निकै कम आवेदन परेका थिए। अहिले अवघि सकिन लाग्दा फाराम भर्नेको संख्यामा वृद्धि भएका पाइएको छ।,यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top