×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

को-को हुन् मुख्यमन्त्रीको कार्यालय र एक-एक मन्त्रालयमा खटाएका सचिवहरु ?

१३ माघ २०७४

सरकारले शुक्रबार थप एक सय ७७ कर्मचारी प्रदेशमा खटाएको छ। सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ सहसचिव, २१ उपसचिव, ४२ अधिकृत र सय सुब्बा-खरदार तहका कर्मचारीलाई प्रदेशको काममा खटाएको हो। यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि सहसचिवदेखि कम्प्युटर अधिकृतसम्मका ९७ कर्मचारीलाई खटाएको थियो।

प्रदेश संरचना सञ्चालनका लागि कम्तीमा पाँच हजार कर्मचारी पठाउनुपर्ने सरकारको आन्तरिक तयारी छ। अहिलेसम्म दुई चरणमा दुई सय ७४ कर्मचारी प्रदेश कार्यालयमा पुगेका छन्।

Advertisement
Advertisement

दोस्रो चरणमा सातवटै मुख्यमन्त्रीको कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि सहसचिवदेखि सुब्बा-खरदारसम्मका कर्मचारी पठाएको हो। त्यस्तै, संसद् सचिवालयले प्रदेश सभा सञ्चालनका लागि हरेक प्रदेशमा सहसचिव, उपसचिव, अधिकृतसहित चारजनाका दरले २८ जना कर्मचारी खटाइसकेको छ। उनीहरू सबै प्रशासन समूहतर्फका हुन्।

आजको नयाँ पत्रिकामा यो खबर पुष्प ढुंगानाले लेखेका छन्। मन्त्रालयले चाँडै प्राविधिक, राजस्व, कानुन समूहका कर्मचारी पठाउने तयारी भइरहेको जनाएको छ। सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाँकी ६ मन्त्रालय र प्रदेशसभाका लागि तत्काल ७० सहसचिव खटाउनुपर्नेछ। संघीय निजामतीका सहसचिवले प्रदेश मन्त्रालयको सचिव भएर काम गर्नुपर्नेछ।

प्रदेशमा कर्मचारी खटाउने मापदण्ड

-लामो समयदेखि रोजाइको कार्यालयमा बसेका

-भर्खरै बढुवा वा नियुक्त भएका

-र, प्रदेशमा जान इच्छुक

बिहीबार सचिवको जिम्मा दिएर खटाइएका सहसचिव

मुख्यमन्त्रीको कार्यालय

Advertisement
  • सन्तोष श्रेष्ठ : प्रदेश १
  • हरि फुँयाल : प्रदेश २
  • रमेशप्रसाद सिवाकोटी : प्रदेश ३
  • लालमणि ओझा : प्रदेश ४
  • जितेन्द्र काफ्ले : प्रदेश ५
  • यज्ञराज बोहरा : प्रदेश ६
  • प्रदीपराज कँडेल : प्रदेश ७

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खटिने

Advertisement
  • यज्ञबहादुर खत्री : प्रदेश १
  • देवीराम भण्डारी : प्रदेश २
  • बलदेवप्रसाद जोशी : प्रदेश ३
  • फणीन्द्रमणि पोखरेल : प्रदेश ४
  • प्रेमप्रसाद भट्टराई : प्रदेश ५
  • केशवराज आचार्य : प्रदेश ६
  • पीताम्बर घिमिरे : प्रदेश ७

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top