×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

राजश्वमा बढी योगदान मोटरसाइकलको

विराटनगर, माघ १३
आद्यौगिक कच्चा पदार्थ भित्रिने नाकाको रुपमा परिचित विराटनगर भन्सार कार्यालयलाई गएको ६ महिनामा राजश्वमा बढी योगदान भने मोटरसाइकलले दिएको देखाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को ६ महिनाको अवधिमा भारतबाट विराटनगर हुँदै १२ हजार १ सय ७४ मोटरसाइकल भित्रिएको छ । भन्सार कार्यालयको तत्थ्यांक अनुसार गत आर्थिक वर्ष २०७३÷०७४ मा विराटनगरबाट १४ हजार ७ सय ९१ वटा मोटरसाइकल भित्रिएको थियो ।

Advertisement
Advertisement

गत वर्षको अनुपातमा यो वर्ष मोटरसाइकल आयात अझै बढ्ने अनुमान छ । गत वर्ष विराटनगर भन्सार कार्यलयबाट उठ्ने राजश्वमा सबैभन्दा बढी मोटरसाइकलले ९ दशमलव ९ शून्य प्रतिशत योगदान गरेको थियो ।

गत वर्ष मात्रै १ अर्ब ८ करोड ३४ लाख मूल्यका मोटरसाइकल भित्रिएको थियो । उक्त मोटरसाइकलबाट १ अर्ब १० करोड ६१ लाख राजस्व संकलन भएको थियो । यो वर्ष ६ महिनाकै अवधिमा भने ८८ करोड २४ लाख ७१ हजार मूल्य बराबरको मोटरसाइकल भित्रिएको छ ।

Advertisement
Advertisement

उक्त मोटरसाइकलबाट भन्सार कार्यालयले ९१ करोड ९ लाख ६९ हजार राजस्व संकलन गरेको छ । कार्यालयले दिएको पुस महिनासम्मको तथ्यांकमा मोटरसाइकलको पैठारीले सबैभन्दा बढी ६ दशमलव ३४ प्रतिशत योगदान गरेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top