प्रचण्डले यसरी सम्झिए छोरा प्रकाशलाई

१७ असार, काठमाडौँ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अल्पायुमा नै निधन भएपनि प्रकाश दाहालको योगदान अभुतपुर्व रहेको बताएका छन् । ३८ औ जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार काठमाडौमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवं पिता दाहालले प्रकाशको योगदानलाई स्मरण गरेका हुन् ।

उनले ३६ बर्षको छोटो उमेरमानै आकस्मिक निधनले हुँदा परिवार ,पार्टी र सिंगो देश नै स्तब्ध भएपनि छोटो समयअवधिमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपूर्व रहेको टिप्पणी गरे । उनले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तितामिठा अनुभवहरु बटुलेकाले छोटो अवधिमा पनि पूर्ण जीवनको अनुभव लिएको बताए ।

कार्यक्रममा खानेपानी मन्त्री तथा प्रकाश पत्नी विना मगरले सगरमाथासंग जोडिएका कथा व्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८ औ जन्मजयन्तीको कार्यक्रम गरिएको बताइन्। उनले श्रीमान् प्रकाश दाहालको राजनीतिक योगदान र साहसिक चरित्रको पनि स्मरण गरिन् ।

Advertisement

कार्यक्रममा सगरमाथा आरोहणसंग सम्बन्धीत व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो । आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top