झापा, माघ १६
नेपालमा प्रतिबन्धित भारतबाट भित्राइएका बोइलर कुखुरा प्रहरीले बरामद गरी आज नष्ट गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर ५ स्थित नयाँबजार नाकाबाट अवैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा १५ वटा कुखुरा बरामद गरेको हो ।
भारतबाट भित्राइएको सो कुखुरा भद्रपुर बजारमा बेचबिखनका लागि लैजान खोजिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । करिब ४० किलो कुखुरालाई वडा प्रहरी कार्यालय परिसरमा पशु क्वारेन्टाइन चेक पोष्ट भद्रपुरको रोहवरमा नष्ट गरिएको वडाका प्रहरी निरीक्षक प्रकाश जगेवुले जानकारी दिए ।