सेवासुविधा बृद्धिको माग गर्दै सामुदायिक विद्यालयका कर्मचारीद्धारा ज्ञापनपत्र

१५ माघ ७४, मंगलबार

विराटनगर, माघ १६
सेवासुविधा बढाउन माग गर्दै मोरङको जहदा गाउँपालिकाका सामुदायिक विद्यालयका कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका छन् ।सरकारले लामो समयदेखि कर्मचारीहरुको सेवा सुविधा नबढाएको भन्दै उनीहरुले जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डललाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल विद्यालय कर्मचारी परिषद् जहदा गाउँपालिकाका अध्यक्ष अमरनाथ सरदारको नेतृत्वमा आएका कर्मचारीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए ।

सँगै काम गर्ने शिक्षकहरुको सेवा सुविधा वृद्धी हुँदै आएको भए पनि कर्मचारीको भने सेवा सुविधा वर्षौंदेखि वृद्धि नभएको उनीहरुको गुनासो छ । जहदा गाउँपालिमा २८ वटा सामुदायिक विद्यालयमा ४३ जना कर्मचारीहरु कार्यरत छन् ।

Advertisement

कर्मचारीहरुले ०६८ सालदेखि विद्यालय साहयकलाई ११ हजार ५ सय र सहयोगलाई ७ हजार ५ सय रुपैयाँ सरकारले दिंदै आएको छ । यता ज्ञापनपत्र बुभ्mदै गाउँपालिको प्रमुख मण्डलले कर्मचारीहरुको मागलाई विचार गर्ने आश्वासन दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top