न्यायो कपडा वितरण

१५ माघ ७४, मंगलबार

विराटनगर, माघ १६
नोना कोइरालाको स्मृति दिवशको अवसर पारेर नेपाल महिलासंघ मोरङले कोशी अञ्चल अस्पतालका सुत्केरी आमा तथा भर्खरै जन्मेका शिशुहरुलाई न्यायो कपडा वितरण गरेको छ ।

Advertisement

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की , महिला संघकी मोरङ अध्यक्ष शान्ता पौडेललगायतले सयुक्त रुपमा न्यानो कपडा वितरण गरेका थिए ।

यसैगरी महिलासंघले कोशी अञ्चल अस्पतालमा सरसफाई समेत गरेको महिलासंघकी सचिव प्रमिला थापाले बताईन् । महिलासंघले अस्पतालको सरसफाईमा समेत ध्यान दिने जनाएको छ ।

Advertisement

नोना कोइरालाको स्मृति दिवसको अवसरमा नोना कोइराला स्मृति प्रतिष्ठानले कम्वल वितरण देखि विभिन्न स्थानमा स्वास्थ्य शिविर संचालन गरिरहेको नोना कोइराला प्रतिष्ठानकी संस्थापक सदस्य पुनम कोइरालाले जानकारी दिईन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top